“माओवादी जनयुद्धमा बाल सैनिक प्रयोग गरिएको भन्दै विष्टले संयुक्त राष्ट्रसंघीय निकायहरूमा पनि उजुरी गर्दै आएका थिए ।”
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई हुँदैछ ।
बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’विरुद्ध आइतवार सर्वोच्चमा रिट दर्ता भएको थियो ।
रिटमा विष्टले आफूहरूलाई बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई सोही अनुसार राहत, परिपूरण, क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।
यस अघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेश अनुसार दर्ता भएको थियो ।
0 comment