काठमाडौं – स्वर्गद्वारीमा जिप दुर्घटना हुँदा एकै घरका तीन जनाको ज्यान गएको छ । 

स्थानीय जानका रेग्मीले दिएको जानकारी अनुसार, उक्त दुर्घटनामा परी ज्यान गुमाउने एकै घरका परीवारहरु तुलसीपुर उपमहानगरपालिका –१५ कोठरी निवासी ३५ वर्षकी सरिता शर्मा पोख्रेल, उनका १४ वर्षका छोरा विशाल पोख्रेल र विकास पोख्रेल रहेका छन् । मृतक सरितका छोरा विशाल पोख्रेल र विकास पोख्रेल नारायणपुरको सरकारी स्कुलमा कक्षा ८ र ७ मा  पढ्दै आएका थिए ।  सरिताका श्रीमान वैदेशिक रोजगारका लागि विदेशमा हुनुहुन्छ । 

हे भगवान यस्तो आपत विपत कसैलाई पनी न आवोस उक्त सवारी दुर्घटनामा परी एकै घरका ३ जनाको ज्यान गएपछि अहिले कोठरी गाँउ शोकमा डुवेको छ हामलिाई सपना जस्तो लागी रहेको छ । “रेग्मीले गह भरी आशु झार्दै बताईन ।” 

यस्तैगरी उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा लमही नगरपालिका– ४ गढवा निवासी ४० वर्षका गोविन्द शाह, उनकी श्रीमती ३० वर्षकी राधा नेपाली, उनका ९ वर्षका छोरा आदित्य शाह, चालक लमही निवासी तारा कुमाल, घोराही –१५ निवासी ११ वर्षका बालक  शिशिर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिएका छन् । 

मृतको शव जिल्ला अस्पताल बिजुवारमा राखिएको र पोस्टमार्टम पछि आफन्तलाई बुझाउने प्रहरीले जानकारी दिएको छ । 

स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको जीप प्यूठानको भिंग्री नजिकै टाकुरामा दुर्घटना भएको थियो । जीपमा सवार आठैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको थियो ।