काठमाडौं - नेपालका लागि पाकिस्तान र कोरियाका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि पाकिस्तानका आवासीय राजदूत अब्रार हुसेन हुसेन हस्मी र कोरियाका आवासीय राजदूत पार्क ताइयोङले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका हुन्। समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।
नवनियुक्त राजदूतहरूलाई होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।
0 comment