काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ हजार ४ सय १३ अमेरिकी डलरसहित एक व्यक्ती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेम नोर्वु शेर्पा रहेका छन् ।
प्रहरीका अनुसार थाइल्याण्ड जान लागेका शेर्पाले ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए। उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए।
नेपाल एयरलाइन्सको उडानद्मार्फत थाइल्याण्ड जान लागेका शेर्पालाई विमानस्थलको होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर भेटिएको हो।
उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ। थप अनुसनधानका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।
0 comment