काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका हुन्।
उनले भने , ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ । यहाँको चासो स्वभाविक हो । तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो ।’ अर्थमन्त्री महले आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने बताए ।
उनले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताए । सबै कुरा एसएस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ छ। महतले भने, 'साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’
उनले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा २.४० प्रतिशतले कम रहेको समेत बताए।
0 comment