काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागुऔषध चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्ने जर्मन नागरिक ६३ वर्षीय पउल वेर्सट रहेका छन् । वेर्सटलाइ विमानस्थल सुरक्षा कार्यालयको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

बिहान साँढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका उनलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले बोकेको सुटकेसबाट ६ किलो ८६० ग्राम चरेस बरामद भएको छ। उनले ठूलो सुटकेसभित्र अरू दुईवटा सुटकेस हाली कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजान लागेका थिए।