काठमाडौं – कैलालीमा बुहारीको हत्या गरेको आरोपमा सासू–ससुरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनु भएको छ ।
यसरी पक्राउ पर्नेमा, कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढा रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा जेठ १८ मा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जनाकारी दिएका छन् ।
बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घर भन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।
कविताकोे शव कैलालीको गौरीगंगा नगरपालिका–२ कीसामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो ।
यस घटनाकोबारेमा थप अरु अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
0 comment