काठमाडौं – सर्लाहीमा चितामा जल्दै गरेको महिलाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले ५० वर्षीय राजारामकी श्रीमती इन्द्रकला साहकोे शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हरिपुर नगरपालिका–६ बस्ने लक्ष्मीपुरकी इन्द्रकला श्रीमान् राजारामको कुटपिटबाट मृत्यु भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि राजाराम फरार भएकाले प्रहरीले यस घटनाको अनुसन्धान भई रहेको जनाएको छ ।
0 comment