काठमाडौं - नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको र नेपालको संसद भवनमा पनि टिष्टा काँगडा सामेल गरिएको नक्सा राख्नुपर्ने बताएका हुन् ।

पन्तले भने,‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालले कपिलवस्तु समेटिएको नक्साबारे चित्त बुझाइसक्यो भनेर भन्नुभएको छ । के नेपालले चित्त बुझाएको हो ? यदी भारतले संसद भवनमा राखेको नक्सा ऐतिहासिक र सांस्कृतिक भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना टिष्टा काँगडा पनि सामेल गरिएको नक्सा हाम्रो संसदमा राख्दा के हुन्छ ?’