काठमाडौं - अधिकतम तापक्रम ४० डिग्रीको हाराहारीमा पुगेपछी दाङका स्थानीय तहले विद्यालयको पठन पाठन बन्द गर्न थालेका छन् ।
गर्मीका कारण विद्यार्थीमा समस्या देखिन थालेपछि दाङका आधा भन्दा बढी स्थानीय तहले औपचारिक रुपमा विद्यालयको पठनपाठन बन्द गर्ने गरी सूचना जारी गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरी पाँचदिनका विद्यालय बन्द गरेको छ । उपमहानगरका अनुसार पाँचदिनका लागि विद्यालय बन्द गरिएको हो । लमहीमा आइतबारदेखि विद्यालय बन्द हुने भएको छ । जिल्लाका अन्य पालिकाहरूले पनि विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।
दाङका विद्यालयमा विद्यार्थीहरू बेहोस् हुने, रुने, चिच्याउने जस्ता लक्षणहरू देखिएको छ । एसी, पंखासहितको संरचना भएका कक्षाकोठामा पनि विद्यार्थीहरू बिरामी हुन थालेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । यद्धपी बिरामी हुने विद्यार्थीहरूमा ढलान गरिएका कक्षा कोठामा पढ्ने विद्यार्थीको संख्या कम रहेको छ ।
मौसम परिवर्तन भएमा एकसाता पछि विद्यालयको पठनपाठन पुनः सञ्चालन गरिनेछ । मौसम यथावत रहेमा थप के हीदिन पठनपाठन बन्द हुन सक्ने छ ।
0 comment