काठमाडौं - अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले नगरभित्रका शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।
यसअघि महानगरले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो । तर, गर्मी झन् बढ्दै गएपछि शुक्रबार एक सूचना जारी गरी महानगरले सबै विद्यालय अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ । वर्षे विदामा कट्टा हुने गरि थप एक सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
पर्सा, बारालगायत मध्यतराईका जिल्लामा पछिल्लो दुई सातायता अत्याधिक गर्मी बढेको छ । आज यसक्षेत्रमा अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।
0 comment