काठमाडौं – दार्चुलामा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

यसरी उद्धार गरिनेमा लेकम गाउँपालिका २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्की रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।