काठमाडौं – कञ्चनपुरमा एक महिलाको शव उखुबारीमा मृत अवस्थामा फेला परेको छ । 

मृतक महिला बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । उनी राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन् ।

बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो । मृत्युको कारण भने, अझै खुल्न नसकेको डीएसपी डाँगीले बताएका छन् । 

मृतक महिला मादक पदार्थ सेवन गर्ने गरेको खुल्न आएको छ । अहिले शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।  

प्रहरीले यसबारे घटनाको थप अनुशन्धान गरीरहेको छ ।