काठमाडौं – लुम्बिनी प्रदेशको सरकारले निती तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । 

सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ । 

बिहान साढे ११ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ । “हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार” नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरिएको जानकारी दिनुभएको छ ।