काठमाडौं – नेकपा एमाले सांसद् पृथ्विसुब्बा गुरुङले अहिलेको बजेट पञ्चायतको जस्तै बजेट भएको बताएका छन् ।
सांसद् गुरुङले प्रतिनिधि सभामा बोल्द बजेट एकात्मकबादी भएको र सामाजिक क्षेत्रको दायित्व पूरा गर्नेतर्फ बजेट केन्द्रित नै नभएको, नारा र निबन्धमा राम्रो बजेट भए पनि सही मार्ग समात्न नसकेको बताएका छन् ।
बजेटमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना छैन, संघीयतालाई सबल बनाउने लक्ष्य नै छैन । पुजिंगत खर्च बढाउने कुरा बजेटमा उल्लेख गरिए पनि कुरा मात्रै भएको बताएका छन् ।
गुरुङले भने, राज्यको शक्ति र स्रोतको अधिकार ७६१ वटा सरकारसँग छ भन्ने बजेटले भुलेको छ । यो बजेट एकात्मकबादी छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई बजेटले भुलेको छ । यो पञ्चायतको बजेट जस्तै भयो । बहुदलकालको पुनरावृत्ति भयो । यो प्रगतिशील बजेट भएन ।
0 comment