काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।
गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान बुटवल आएका हुन् ।
उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको छ । ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।
झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ ।
बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए ।
0 comment