काठमाडौं – दार्चुलामा एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन सिह धामी रहेको प्रहरीले जनाएको छ । धामीले आफ्नै गाउँकै महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ हो ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।
उक्त जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।
पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 comment