काठमाडौं – पूर्वराज्यमन्त्री एवं नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ ।
चौधरीको बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचारकोक्रममा उनको निधन भएको हो । केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उनको हर्नियाको अपरेशन भएको थियो । उपचार्थ पछि दाङ फर्किएका चौधरीको केहीदिन यता खुट्टा चल्न छाडेको थियो ।
गएराति उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा अस्पतालमा आईसियुमा राखेर उपचार भई रहेको थियो ।
उपचारको क्रममा चिकित्सकले उनलाई आज मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिएका छन् ।
चौधरी स्थानीय विकास राज्यमन्त्री र संविधान सभा सदस्य समेत भएका थिए । साथै उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए । ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भएका थिए ।
0 comment