काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कपिलवस्तु र लुम्बिनी समेटेर भारतको संसद् भवनमा राखिएको नक्सा राजनीतिक नक्सा नभएको बताएका छन् ।
नेपालको कपिलवस्तु र लुम्बिनी समेटिएको नक्सा भारतको नयाँ संसद् भवनमा राखिएकोबारे कुरा राख्दा उहाँहरुले यो कुनै राजनितिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुले जवाफ दीएको बताएका छन् । यसबारे अझ बढी अध्ययन गर्ने कुरा त बाँकी नै रहेको पनी बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साबारे आफुले गम्भीर रुपले उठाएको बताएका हुन् । तर नयाँ नक्साबारे भारत भ्रमणका क्रममा कुरा नउठाएको भन्ने विषय साँचो नरहेको पनी बताएका छन् ।
0 comment