काठमाडौं – हुम्लामा भिरबाट लडेर एकजना व्यक्तिले ज्यान गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेमा, हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली –१ कल्खे गाउँका २४ वर्षीय गौरीलाल दानी रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताएका छन् ।
कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताएका छन् ।
दानीे दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना भएको थियो ।
0 comment