काठमाडौं – दाङ्गको शान्तिनगर गाउँपालिका ७ स्थित चरकमटियामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सोमबार दिउँसो सवा १ बजेतिर चरकमटियादेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ६४० नम्बरको जीप नम्बर नखुलेको मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना हुँदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसरी घाईते हुनेमा बबई ६ चरकमटिया निवासी ३३ वर्षिया रक्षिता शाह, घोराही ५ निवासी १२ वर्षिया कुष्मा विक, सोही ठाउँ निवासी ४२ वर्षिया सावित्रा विक र बबई ६ चरकमटिया निवासी ५५ वर्षिया चन्द्रा कुमारी हमाल रहेका छन् ।
त्यस्तैगरी तुलसीपुर ५ निवासी २९ वर्षिय सुशिला थापामगर, बबई ६ मलैखोला निवासी २१ वर्षिया तिला बुढाथोकी, बबई ६ कट्कुईया निवासी २० वर्षिया भवानी बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षिया रमिता चौधरी घाइते भएका छन् ।
यसैगरी घाईते हुनेमा रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ४ सिम्पानी निवासी २३ वर्षिया पुष्पा बस्याल, सोही ठाउँ निवासी ४ वर्षिया विशिका बस्याल, बबई ६ निवासी ११ वर्षिय राकेश विक र सोही ठाउँ निवासी ६० वर्षिया तुलसी पुन रहेका छन् ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
0 comment