काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसकेपछि प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले हाम्रा प्रधानमन्त्री नयाँ हवाई रुट खुलाएर जहाज चढेर आउनुहोला भनेको त भैंसीे चढेर पो आउनु भएछ भन्ने अभिव्यक्ति दिएका कारण माओवादीका सांसद्हरुले यसबारेमा आपत्ति जनाएका हुन् । 
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले दिएको अभिव्यक्ति प्रती नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताएका छन् । यस्तो अमर्यादित अभिव्यक्ति संसदको मर्यादाविपरीत भएकाले यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए । 

यसको लगत्तै रास्वपाका सभापति रवी लामिछानेले पनी प्रधानमन्त्री प्रचण्ड स्वयमले भैंसी चढेर आउनु भएको अभिव्यक्ति दिएपछि सो शब्दलाई लिएर सत्तापक्षका सांसद्हरुले आपत्ति जनाएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।