काठमाडौं – कञ्चनपुरमा छोरा जन्माएको खुशियाली भन्दै घरबेटीलाई जुसु खुवाएर विहोस बनाई लुटपाट भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले लुटपाट गरी फरार भएका छन् ।
दुई दिन अगाडिमात्रै प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरुले बुधवार राति घरबेटी र उनका परिवारका सदस्यहरुलाई जुस खुवाएर बोहोस बनाएका थिए । भारतीयहरुले आफ्नो घरमा छोरा जन्भिएको भन्दै सबैलाई जुस खुवाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जुस खाएपछि बेहोस भएका उक्त परिवारका सातै जनाको महाकाली अस्पतालमा उपचार भएको र अहिले उनीहरु सबैको होस आइसकेको प्रहरीले जनाएको छ ।
चोरहरुले प्वालीको घरबाट ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरेर लगेका छन् ।
प्वाली परिवारको घरमा भाडामा बस्न आएका ती भारतीयको नाम ठेगाना केही पनि थाहा नभएको जनाइएको छ । प्वालीको घरबाट अरु के कति चोरी भएको छ, सबै विवरण थाहा नभएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीले चोरी गर्ने भारतीयहरुको खोजी कार्य भइरहेको जनाएको छ ।
0 comment