काठमाडौं – लमजुङको जिल्ला बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट मध्यरातीमा दुईजना कैदी बन्दी फरार भएका छन् ।
उनीहरु बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर फरार भएका हुन् ।
यसरी फरार हुनेमा लमजुङक मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेको प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमले जानकारी दिएका छन् ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए भने यसैगरी गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् ।
फरार रहेका कैदीबन्दीको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।
0 comment