काठमाडौं – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

यसरी ज्यान गुमाउनेमा कार चालक गोरखा आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्का रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभएको छ । 

धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाण्डौबाट कोहलपुर जादै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै ज्यान गएको हो । 

प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिई यसबारे घटनाको थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।