काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। 

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा शपथ ग्रहण गराएका हुन्।

रास्वपाले घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसद्मा सिफारिस गरेको थियो ।