काठमाडौं - लगानी बोर्डले तल्लो अरुण जलविधुत परियोजना बनाउने जिम्मा भारतीय कम्पनी सतलज जलविधुत् निगमलाई दिने गरी परियोजना विकाश सम्झौता ( पीडीए)को मस्यौदा स्वीकृत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले ६६९ मेगावट क्षमताको तल्लो अरुणको जलविधुत् विकाश सम्झौताको मस्यौदा स्वीकृत गरेको हो ।
बोर्ड बैठकले उक्त प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पठाउने निर्णय गरेको छ । बैठकको अघिल्लो बैठकले तल्लो अरुण जलविधुत् परियोजनाका लागि ९२ दशमलब ६८ अर्बको लगानी स्वीकृत गरेको छ ।
निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्वतयारी समेत अगाडि बढिरहेकाले यसको विकाशले मुलुकको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने बैठकपछि बोर्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।
0 comment