काठमाडौं - नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नारगरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुपर्ने बताएका हुन्।
उनले संघीय संसदको दुवै सदनले दुईपटक पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई आग्रह गरे।
उनले भने,'आजको समाचार पत्रहरूमा सम्मानीय राष्ट्रपतिज्यू,सम्मानीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचार सुन्यौं। यो नागरिकता विधेयक प्रमाणिकरण गर्नका लागि कानुन तथा संवैधानिक आधारहर खोज्नु भएको छ अरे भनेर सुनेको छु। अब त्यो सदको दुवै सदनमाबाट पारित भएको विधेयक फिर्ता आउनुहुँदैन। यस विषयमा सरकार सक्रिय रुपमा लाग्नु पर्यो।'
0 comment