काठमाडौं - नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गरेका थिए।
नियुक्ति र शपथ ग्रहणसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
0 comment