काठमाडौं - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिएका छन्। यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय नियुक्त भएका छन्।
यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारी लाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्रीमा धर्मबहादुर चौधरी नियुक्त भएका छन्। धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
खनाल, अहिर र गुप्ता आज नियुक्त भएका हुन्।
यसैबिच, लुम्बिनीमा आज नियुक्त भएका थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा. डा. बुद्ध बहादुर थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन्।
0 comment