काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम उनले मन्त्रिपरिषद विस्तार गरेका हुन्। छ जना नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
सरकारमा नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय पछि तोकिने भएको छ।
नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि मुख्यमन्त्री सहित नेकपा माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका २ जना मन्त्री भइसकेका छन्। बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ छ। मन्त्रीको संख्या १२ भएकाले एक मन्त्रालय फुटाइने भएको छ।


0 comment