काठमाडौं - रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ।
लामो समयदेखी अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दीको प्रतिकार गर्दै रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको हो ।
'वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात होस्', रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनिएको छ।
0 comment