काठमाडौं – विराटनगरमा पतिसँग सामन्य वादविवाद हुँदा आफ्नै शरीरमा आगो लागाउने एक महिलाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीया आशा शर्मा (कोइरी) रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
कोइरीले कुपी (टुकी)बाट मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी थिईन । आगोले शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आशाको मृत्यु भएपछि पति राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ । कोईरीको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
0 comment