काठमाडौं – देशभक्तिपूर्ण चलचित्र काडेतार लाइ जस्ताको त्यस्तै प्रदर्सन गर्न दिइनु पर्छ भन्ने हेतुका साथ् बिशाल नेपाल महा अभियानले बिहिबार काठमान्डौमा पत्रकार सम्मेलन गरेको छ ।
उक्त आयोजित पत्रकार सम्मेलनमा बोल्दै ग्रेटर नेपालका अभियन्ता रामशरण पाण्डेले काडेतार जस्तो देश भक्तिपूर्ण चलचित्र निर्वाधरुपमा चल्न पाउनु पर्ने बताउनु भएको छ । यस चलचित्रमा कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ ? सरकारले भन्नु पर्यो। होईन भने, यदि सरकारले फिल्म रोके जनतामाझ लगेर प्रदर्शन गर्ने बताउनु भयो । साथै पाण्डेले भन्नु भयो चलचित्र काँडेतारलाई रोक लगाउने यो सरकारको विरुद्ध अभियानमा ससक्त भएर उभिने बताउनु भयो । फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको भन्दै उनले यसको हनन कसैले गर्न नसक्ने बताउनु भयो ।
यस्तैगरी बिशाल नेपाल महा अभियानका सयोजक डा. सुरेन्द्र ढकालले आफु बाच्ने भनेकै दुई वटा आमाको लागि हो, जुन आमा भनेका मेरा लागि नेपाल आमा र पृथ्वी आमा हुन् । त्यसैले मेरो सम्पूर्ण सम्पति देश र राष्ट्रको सेवामा लगाउने बताउनु भएको छ ।
त्यस्तै चलचित्र निर्माता नवल खड्काले आफुले देशको हितमा काम गर्न खोज्दा जैले पनि यातना मात्रै झेल्नु पर्ने राष्ट्रको हितको लागि काम गर्न गलत भए आफु मर्न समेत तयार भएको बताउनु भएको छ ।
उनका अनुसार आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सरको तयारी छ । यस अघि सेन्सर गर्दा फिल्मको केही दृश्य र संवाद मर्यादित नभएको भन्दै सेन्सर बोर्डले फिल्म रोकेको थियो ।
0 comment