काठमाडौं – क्यानडा पठाइदिन्छु भनी ५० ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बजारबाट सिन्धुली कमलामाई नगरपालिका–४ ढकाल गाउँ घर भई हाल काठमाडौ महानगरपालिका–१६ नयाँ बजार बस्ने ३४ वर्षीय उद्धव नेपाललाई पक्राउ गरेको हो । 

नेपालले पीडित बाबुराम सापकोटासहित ४ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा र चेक रिपब्लिकलगायतका देशमा पठाइदिन्छु भनी ५० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।  

पक्राउ परेका नेपाललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।