काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ।
नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो। उनीहरूले कसैको दबाबमा दोषिले उन्मुक्ति नपाउने गरि कारबाही गर्न माग गरे।
बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो। प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै जनताहरू सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिइन्।
प्रदर्शनमा सहभागीहरूले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात-टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
0 comment