काठमाडौं – आज मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भीमा रावलले फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको बताउनु भएको छ ।
नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका हुन । यसरी फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताएका छन् ।
कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ ? रावलले भने, यदि सरकारले फिल्म रोके जनतामाझ लगेर प्रदर्शन गर्छौं ।’ फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको भन्दै उनले यसको हनन कसैले गर्न नसक्ने बताए ।
यसैगरी प्राध्यापक सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु राम्रो कुरा नभएको बताए ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘काँडेतार’ निर्वाध चल्न पाउनुपर्ने बताए । ‘सबै बसेर हेरौं कहाँ के आपत्ति छ, यदि आपत्ति छ भने सेन्सर बोर्डलाई सघाउँला तर यसलाई रोक्नुहुँदैन,’ उनले भने ।
पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक नवल खड्काले आफूहरुले फिल्ममार्फत सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने कुराको उठान गरेको बताए ।
उनका अनुसार आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सरको तयारी छ । यसअघि सेन्सर गर्दा फिल्मको केही दृश्य र संवाद मर्यादित नभएको भन्दै सेन्सर बोर्डले फिल्म रोकेको थियो ।
0 comment