काठमाडौं - भारतमा कोठी सञ्चालन गरेर नेपाली महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ परेकी एक महिलालाई कारागार चलान गरिएको छ।
मानव बेचविखनमा संलग्न भएको आरोपमा पक्राउ परेकी शिवपुरी गाउँपालिका–१ तलाखुकी ४० वर्षीया सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई नुवाकोट जिल्ला अदालतले थुनामा पठाएको हो। भारत पुर्याईएकी नेपाली महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले उनलाई गत महिना पक्राउ गरेको थियो।
सोनामलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको विशेष सूचनाका आधारमा गत चैत २५ गते पक्राउ गरी हिरासतमा राखेको थियो।
0 comment