काठमाडौं – सल्यानमा बिषादी सेवन गर्दा १२ वर्षीय बालकको ज्यान गएको छ । आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाईसँग सामान्य वादविवाद हुँदा रबिनले घर आइ नुभान नामक बिषादी सेवन गर्दा उनको ज्यान गएको हो । 

यसरी ज्यान गुमाउनेमा बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रबिन पुनको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बिषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस अवस्थामा पल्टेको आमाले देखे पछि, । बेहोस पुनलाई सल्यानको बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा लगिएको थियो । पोलिक्लिनिकमा पुनको उपचार हुन नसके पछि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा पुनको मृत्यु भएको खनालले जानकारी दिनु भएको छ । यसबारे घटनाको थप अनुसन्धान भइरहेको प्रहरलीले जनाएको छ ।