काठमाडौं - कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार भएको छ।
दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरलाई शुक्रबार राति चार-पाँच जना युवाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको हो।
जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा चैँसिरलाई खुकुरी प्रहार गरी उनीहरु भागेको सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए। खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको र खोजीकार्य जारी रहेको रावलले बताए।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाई लगायतको समूह हो।
खुकुरी प्रहारबाट चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ।
0 comment