काठमाडौं - पाकिस्तानको कुर्रम जिल्लामा एक विद्यालयमा पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको छ।

पाकिस्तानको पूर्व आदिवासी क्षेत्रको कुर्रम जिल्लाका प्रहरी प्रमुख मोहम्मद इमरानले दुई आक्रमणकारी विद्यालयभित्र पसी आक्रमण गरेको बताएका छन्। गोली चलाउनुअघि उनीहरूले शिया समुदायको व्यक्ती पहिचान गरी उनीहरूलाई बाहिर पठाएका थिए।

इस्लाम धर्मावलम्बीको सुन्नी सम्प्रदायका एक व्यक्तिको कारमा मृत्यु भएपछि उक्त आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले जिल्लामा शान्ति बहालीका लागि दुवै समुदायसँग कुराकानी गरिरहेको उनले बताए। 

साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको कुर्रम जिल्लामा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार उक्त आक्रमण भएको देखिन्छ। 

पाकिस्तानको २२ करोडभन्दा बढी जनसङ्ख्याको करिब २० प्रतिशत शिया मुसलमान छन्।