काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नागरिकलाई बुस्टर डोज दिने सरकारको तयारी रहेको बताएका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले सबै नागरिकलाई बुस्टरको पहुँचमा ल्याउने बताएका हुन् । बुस्टर डोज दिन सुरु गरिएको भन्दै यो अभियानलाई तीव्र पारिने उनको भनाइ छ ।

उनले सम्पूर्ण नेपालीलाई बुस्टर मात्रा दिनेगरी सरकार अघि बढेको बताए । मन्त्री खतिवडाले भने, ‘विद्यार्थीहरुलाई खोप दिन सुरु गरिसकिएको छ । पाँच देखि ११ वर्ष उमेर समूहलाई लगाउनका लागि खोप ल्याउने प्रयत्न गरिरहेका छौं ।’