काठमाडौं – चितवन क्षेत्र नम्बर २ का रास्वापाका उम्मेदवार रवि लामिछाने र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । 

उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । तर नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालि सक्नुभएको छ । तिन वटै क्षेत्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।