काठमाडौं - वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
माग पूरा नभएपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले चिकित्सकमाथि भएको कुटपिटलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए ।
७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसहेका छन्।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। टाउकोमा गम्भीर चोट लागेका डा.रामको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
शनिबार आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै हातपात र प्रदर्शनमा उत्रिएका थिए।
सम्बन्धित समाचार :
नारायणी अस्पतालमा भएको घटनालाई लिएर देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
चिकित्सकमाथि हातपात : नारायणी अस्पतालमा आकस्मिकसहित सबै सेवा बन्द
नारायणी अस्पतालमा मेडिकल अफिसर डा.रामलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइयो


0 comment