काठमाडौं - सुनसरीमा भएको घटनाबारे  छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

मन्त्री गुरुङले आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । आज बिहान मन्त्रालयका सचिव,आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि साँझका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।