काठमाडौं - तीन दलका शीर्ष नेताबिच संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ। 

सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको हो। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीशको नियुक्तिसँगै संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव राखेका थिए। संवैधानिक परिषद्को बैठक बोलाउन ओली सकात्मक देखिए।

कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा लगायतका विषयमा पनि छलफल भएको थियो।