काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा पत्रकार सम्मेलनमा बोल्दै रवि लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते  पनी पुनः उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका छन्  ।

पूर्वमन्त्री भट्टराईले भन्नु भयो, कीनकी रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेका छन् ।  गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारी सकेको छ,  ‘मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ । हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडायो ।

नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताए । ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो । समाजलाई ढाट्नु अपराध हो । भट्टराईले भने , यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्दथ्यो तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ । नागरिकता प्रकरणमा लामिछाने दोषी देखिपछि सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो ।  बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ, एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् ।