काठमाडौं - उत्तरपश्चिम पाकिस्तानमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक-ए-इन्साफ 'पीटीआई' पार्टीका एक प्रमुख स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या भएको छ।
खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ।
खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले बताए। गाडीमा आगजनी गरिएको र सवार सबै जिउँदै जलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जलेका शवहरू अहिले पहिचान बाहिर भएको तुफेलको भनाइ छ।
खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिए। पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ।
परिवारबीचको दशक लामो प्रतिशोधका कारण उनीहरूको हत्या गरिएको प्रहरीले जनाएको छ। पाकिस्तानमा अन्तर-पारिवारिक झगडा सामान्य मानिन्छ।
0 comment