काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङ तीन दिने भ्रमणका लागि मस्को पुगेका छन्।
रुसले युक्रेनमाथी आक्रमण सुरु गरेपछि पहिलोपटक चिनियाँ राष्ट्र प्रमुख रुस पुगेका हुन्। जिनपिङले मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पुटिनले जिनपिङसँग युक्रेनसँगको शान्ति सम्झौता सम्बन्धनमा छलफल गर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
यसअघि पुटिन सन् २०२२ मा चीन भ्रमण गरेका थिए। सोही समयदेखि चीन र रुसको सम्बन्ध राम्रो हुँदै गएको विश्लेषकहरू बताउँछन्।
विश्लेषकहरूले जिनपिङको भ्रमणले रुस र युक्रेन युद्धमा प्रभाव पर्ने अनुमान गरेका छन्।
0 comment