काठमाडौ – बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बस सडकको रेलिङमा ठोकिएर खाडलमा खसेको बङ्गलादेशको प्रहरीले जनाएको छ । पुराना तथा नियमित मर्मत नगरिएका गाडी तथा खराब सडकका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहेको प्रहरीको भनाई रहेको छ । गएको वर्ष मात्र बङ्गलादेशमा सडक दुर्घटनामा परि नौ हजार नौ सय ५१ जनाको ज्यान गएको थियो ।